ताप्लेजुङमा अखिल नेपाल किसान महासंघले पुर्णता पायो
ताप्लेजुङ, १७ मंसिर
नेपाल कम्युनिष्ट पार्टी नेकपाको माथिल्लो तहमा केहि संकटहरु भए पनि यता ताप्लेजुङमा भने नेकपा निकट संगठन अखिल नेपाल किसान महासंले विहिवार पूर्णता दिएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङमा विहिवार अखिल नेपाल किसान महासंघले एक कार्यक्रम गर्दै संठनलाई पूर्णता दिएको हो । रामजी अधिकारी संयोजक र सह-संयोजक ठाकुर पौडेलको नेतृत्वमा २० सदस्य रहने गरि नेपाल किसान महासंघ गठन गरेको नेपाल कम्युनिष्ट पार्टी नेकापा ताप्लेजुङका प्रचार तथा प्रकाशन विभाग संयोजक सुरज ओझाले बताउनुु भयो ।
जिल्ला कार्य समितिले पूर्णता पाए संगै तत्काल सबै स्थानीय तहहरुमा नेपाल किसान महासंघले पूर्णता पाउने नेपाल कम्युनिष्ट पार्टी नेकापा जिल्ला अध्यक्ष विजय प्रकास वनेमले बताउनुभयो ।
अब हामी चाँडै नै सबै पालिकाहरुको पनि एकता प्रक्रिया टुङग्याएर सपथ ग्रहणको कार्यक्रम तयार गर्दै जाने महासंघका ताप्लेजुङ इन्चार्ज छिरङि शेर्पाले बताउनु भयो ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्रको एकता भएकोे लामो भए पनि विभिन्न कारणले नेकपा निकट संगठनहरुले पूर्णता पाउँन बाकीँ नै छ ।
कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल किसान महासङघका केन्द्रिय सचिबालय सदस्य बाबुराम थापा बिशिष्ट अतिथिको रुपमा नेकपा केन्द्रिय सदस्य तथा ताप्लेजुङ सह-इन्चार्ज तिलकुमार मेन्याङ्बो , जिल्ला अध्यक्ष बिजय प्रकाश वनेम, सचिव बल बहादुर साम्सोहाङ सहभागी हुनुभएको थियो ।